मालपोत कार्यालय चाबहिलका नासु श्रेष्ठ घुस सहित पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मालपोत कार्यालय चाबहिलका नासु श्रेष्ठ घुस सहित पक्राउ



काठमाडौँ । मालपोत कार्यालय चाबहिलका नायव सुब्बा चन्द्र बहादुर श्रेष्ठ घुस सहित पक्राउ परेका छन् । श्रेष्ठले सेवाग्राहीसँग घुस मागेर दुःख दिएको भन्ने सूचनाको आधारमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीको गोकर्णेश्वर नगरपालिका – ४ मा रहेको ०–१५–२–० जग्गा अन्य व्यक्तिको नाममा जग्गाधनी प्रमाणपूर्जा जारी भएको देखीन आएकोमा सर्वोच्च अदालतमा समेत विचाराधिन रहेको मुद्दामा उक्त विवादित जग्गाको मिसिलको प्रमाणित प्रतिलिपी लिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेर दुःख हैरानी दिएको भन्ने सूचनामा आयोगको टोलीले कार्यालय परिसरबाट उनलाई पक्राउ गरेको हो ।

श्रेष्ठ सेवाग्राहीसँग २ हजार घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ परेका हुन् । उनको बारेमा आयोगले थप अनुसन्धान गरिरहेको छ ।