दक्षिण भातरीय फिल्मकी चर्चित अभिनेत्री सामन्थाको सम्पत्ति कति ? - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

दक्षिण भातरीय फिल्मकी चर्चित अभिनेत्री सामन्थाको सम्पत्ति कति ?



एजेन्सी । दक्षिण भातरीय फिल्मकी चर्चित अभिनेत्री हुन् सामन्था रुथ । उनको पुरा नाम सामन्था रुथ प्रभु हो । उनलाई यशोधा, यसु भनेर पनि बोलाउने गरिन्छ ।

उनको जन्म सन् १९८७ अप्रिल २८, चेन्नइमा भएको थियो । ३० वर्षिय सामन्था दक्षिण भारतीय फिल्मकी महँगी अभिनेत्री हुन् । उनले आफ्नो स्कुले पढाइ होली एन्जल्स् एंग्लो इण्डियन हाइयर सेकेण्डरी स्कुलबाट गरेकी हुन् । स्टीला मरिस कलेजबाट आफ्नो अध्ययनलाई साथसाथै उनले मोडलिङमा पनि प्रवेश गरिन् । उनले कमर्शमा मास्टर्श गरेकी हुन् ।

उनको पहिलो फिल्म ए मा चेसाभे हो जुन सन् २०१० मा रिलिज भएको थियो । सामान्थाको अर्को हिट फिल्म बना कथाडि हो । सो फिल्म सन् २०१० मा रिलिज भएको हो । उनको पिताको नाम जोसेफ प्रभु हो ।

उनको माताको नाम निने प्रभु हो । उनको पतिको नाम नागा चैतिन्य हो । उनलाई पढ्न, म्युजिक सुन्न, सपिङ गर्न मनपर्छ । उनको चेन्नइमा घर रहेको छ । उनी एउटा फिल्म खेलेको ३ करोडसम्म लिने गर्छिन् ।

उनको ११ मिलियन डलर बराबरको सम्पत्ति रहेको छ ।