जनार्दन शर्माले भने - लोकसेवाको विज्ञापन संविधान विपरीत - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

जनार्दन शर्माले भने – लोकसेवाको विज्ञापन संविधान विपरीत



काठमाडौँ – स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन नेकपाका सांसद जनार्दन शर्माले संविधान विपरीत भएको बताएका छन्।

यसलाई तत्काल स्थगित गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने माग समेत उनले गरेका छन्।

शुक्रबार बसेको समितिको बैठकमा बोल्दै उनले भने, ‘यसरी विज्ञापन गरेर संविधानमाथि नै प्रहार भयो। यो कुरा गर्दा निर्णय गर्नेहरूलाई चित्त दुख्ला। तर विषय चित्त दुख्‍ने र नदुख्‍ने भन्ने होइन।’

लगातार संविधान मिच्दै अगाडि बढेको भन्दै यस्ता क्रियाकलापले संवैधानिक अराजकता सिर्जना हुने कुरा उनले बताए। उनले भने, ‘यसैका कारण संवैधानिक आयोगकै विरोध हुन थाल्यो। यही हो संवैधानिक अराजकता। यसले राष्ट्रलाई सङ्कटमा पर्छ।’