अमेरिकन सैनिक संगठनको उच्च पदमा नेपाली किशोरी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अमेरिकन सैनिक संगठनको उच्च पदमा नेपाली किशोरी



न्यूयोर्क । एक नेपाली किशोरीले अमेरिकन सैनिक संगठनको उच्च ओहदा (सेकेण्ड लेफ्टिनेन्ट पद) मा नियुक्त भएकी छिन् ।

गण्डकी अञ्चलको स्याङ्जा जिल्ला फेदीखोला ४ टोर्केकी अस्मिता गुरुङ उक्त पदमा नियुक्त भएकी हुन् ।

उनले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ समेत लिइसकेकी छन् ।

विसं २०४६ साल मंसिर २९ गते स्याङ्जामा जन्मिएकी उनले बाल्यकालमा आफ्नै गाउँबाट प्रारम्भिक शिक्षा हासिल गरेकी हुन् । पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली गरी, सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट +२ गरी उनी अमेरिका आएकी थिइन् ।

अस्मिताले टेक्सास राज्यमा रहेको एक कलेजबाट ब्याचलर अफ साइन्स (नर्सिङ) मा स्नातक गरेकी छिन् ।

अस्मिताले भविष्यमा सक्रिय ड्युटी नर्स कर्पोरेशनमा रहने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

अस्मिताको बाजे स्व. मनबहादुर गुरुङ, बज्यै रामकुमारी गुरुङ, बुबा आइबहादुर गुरुङ, आमा मनशोभा गुरुङ हुन् । उनका बुबा आइबहादुर अवकासप्राप्त भारतीय सेना हुन्, उनी हाल हङकङमा कार्यरत छन् ।