कुरिनटारमा पहिरो : सडक अवरुद्ध - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कुरिनटारमा पहिरो : सडक अवरुद्ध



काठमाडौं -पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित मौवाखोला कुरिनटार नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सडक अवरुद्ध बन्दा सयौं सवारी अलपत्र परेका छन्।

स्काभेटरको प्रयोग गरि पहिरो पन्छाउने काम भइरहेकोले अबको केहि समयमा खुल्ने प्रहरीले जनाएको छ।