२१ महीने छोरीसहित आमाले गरिन् आत्महत्या - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

२१ महीने छोरीसहित आमाले गरिन् आत्महत्या



ललितपुर – दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका– बतासेडाँडामा मुगु जिल्ला घर भएका २१ महीने छोरी राधिकासहित २९ वर्षीया आमा जानुका शर्माले दलिनमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

“मुगुका अन्य व्यक्तिसहित यी महिला पनि ज्यालादारीको काम गर्थिन् । हिजो मध्याह्न १२ बजेसम्म काम गरिरहेकी शर्मा साँझमा देखा नपरेपछि अन्य साथीले खोजी गर्दा ढोका लगाएर बसेको थाहा पाएछन्”, महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले भने, “कोठाभित्र पूजा गरेर कोरीबाटी गरी राम्री भएर पहिला छोरीलाई झुण्डाएपछि आफू झुण्डिएको अनुमान गरियो ।” उनले दुई महीना अघि पत्नी र छोरीलाई छाडेर पति के कारणले घर गएका रहेछन् थाहा नभएको बताए ।

असोजबाट पतिसहित यी आमाछोरी बतासेडाँडाका प्रेमप्रसाद घिमिरेको घरमा भाडा गरी बस्दै आएको महानगरीय प्रहरी चौकी कालेश्वरका प्रहरी सहायक निरीक्षक नागेन्द्र कुमारले बताए ।