रुपन्देहीमा इन्स्पेक्टर नै घुससहित पक्राउ

बुटवल- इलाका प्रहरी कार्यालय, रनेउरा रुपन्देहीका प्रहरी निरीक्षक केशव बहादुर बस्नेत घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले निरीक्षक बिहिबार साँझ बस्नेतलाई घुसबापत् लिएको १५ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो।
अख्यारको टोलीले निरीक्षक बस्नेतलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको आयोगको बुटवल कार्यालयले जनाएको छ।

