एकाएक किन फेरीए प्रचण्डका सुरक्षा अधिकारी ? - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

एकाएक किन फेरीए प्रचण्डका सुरक्षा अधिकारी ?



काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा अधिकृत एकाएक फेरिएको बताइएको छ। उनीमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले केहि समय अगाडी मात्र सुरक्षाकर्मीको संख्या बढाएर ५९ जना पुर्याएको थियो  ।

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीलाई एकाएक दाहालको हालको पीएसओको रुपमा खटाएपछी चासो बढेको छ ।

दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीका ३० जना गरी ५९ जना खटिने गरेका छन् ।

यसअघि दाहालको सुरक्षामा खटिएका डीएसपी सन्तोष राठौर महानगरीय प्रहरी वृत्त, लैनचौरमा सरुवा गरिएका थिए ।