भारतमा सास फेर्ने हावा समेत शुद्ध छैन - डोनाल्ड ट्रम्प - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

भारतमा सास फेर्ने हावा समेत शुद्ध छैन – डोनाल्ड ट्रम्प



ट्रम्पले भने, “भारत, रुस र चीनजस्ता देशहरूमा राम्रो हावा र पानी समेत छैन। विश्व पर्यावरणका विषयमा यी देशहरूले आफ्नो दायित्व निर्वाह गर्दैनन् न यी देशहरूलाई आफ्नो दायित्वबारे चेतना छ। यी देशहरूमा प्रदूषण र सफाईबारे सोच समेत विकसित भएको छैन।”

ब्रिटिस च्यानल आइटिभीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले यसो भनेका हुन्।

उनले भने, “अमेरिका विश्वभरिका राम्रा देशहरूमध्ये एक हो। तथ्याङ्कहरूले पनि यही भनीरहेका छन्। अवस्था सुध्रिनै रहेको छ। तर भारत, चीन र रुसजस्ता देशमा स्वच्छता तथा प्रदूषण बारेको सोच पनि छैन।”

ट्रम्पले भने, “भारत सहित कैयन् देशहरूमा हावा पनि राम्रो छैन। न पानी नै छ। केही सहरहरूमा तपाईँ जानु भयो भने, म नाम लिन्नँ, तपाईँ सास पनि फेर्न सक्नुहुन्न।”

(बीबीसी हिन्दीबाट)