विश्व वातावरण दिवस :भाषणमा मात्र सिमित - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

विश्व वातावरण दिवस :भाषणमा मात्र सिमित



विशाल पाण्डेय/ सुखड ।
आज जुन ५ तारिख अर्थात् विश्वभरी नै विश्व वातावरण दिवस मनाईयो । वातावरण जोगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । आज विभिन्न कार्यक्रम गरि नेपालमा पनि यो दिवस मनाईएको छ ।

यसै क्रममा “स्वच्छ वायु स्वास्थ जीवन ” भन्ने मूल नाराका साथ ४६ औं विश्व बाताबरण दिवस कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न ठाउँमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । विश्व रामसार सुचिमा सुचिकृत घोडाघोडी ताल क्षेत्रमा पनि एक कार्यक्रम गरि दिवस मनाइरहदा भुइँभरी पानीका बोतल छरपस्ट थिए ।

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मन्च नेपालको आयोजनामा भएको कार्यक्रममा घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेम कुमारी थापा प्रमुख अथिती रहेकी थिइन् । प्रमुख अतिथिको आसन्नबाट बोल्दै थापाले हेरक दिवसका आ – आफ्ना महत्व हुने बताइन् । उनले आफ्नो गाउँ ,घर तथा घर वरपर रहेका बन , जैबिक विविधता , पानीका मुहानहरुको संरक्षण गर्नु पर्ने बताइन् । घोडाघोडी ताल क्षेत्रमा सरसफाइ आफैबाट सुरु गरेमात्र ताल क्षेत्रमा फोहोर कम हुने बताइन् ।

त्यस्तै कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नं २ का वडाध्यक्ष हरि राज बिष्ट ,वृहत् घोडाघोडी ताल क्षेत्र तथा पर्यटन विकास बोर्डका उपाअध्यक्ष दया राम चौधरी , सामुदायिक बन समन्वय समिती भजनिका बिजय राज श्रेष्ठ , सामुदायिक सिकाई केन्द्रका शिव प्रसाद ढकाल,घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्य लगायले वातावरण सरसफाइमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । तर , यता घोडाघोडी ताल, मन्दिर वरपर तथा कार्यक्रमको वरपर भने पानीका खाली बोतल, बिस्कुटका खोल,चुरोटका खोल लगायतका बस्तुहरुले दुर्गन्धित देखिन्थ्यो ।

घोडाघोडी मन्दिर सरसफाइ तथा ताल संरक्षण गर्ने भनी धेरै नै संघसंस्थाहरु लागेपनी भाषणमा मात्र सिमित रहेको स्थानीयहरुले आरोप लगाएका छन् । संघसंस्थाहरुले घोडाघोडीलाई मागेर खाने भाडो बनाएको घोडाघोडीमा ब्यापार गर्दै आइरहेका एक व्यापारीले बताए । बर्ष बर्षमा दिवस पर्दा मात्र कार्यक्रम गर्ने तर अरुबेलामा मतलब नगर्ने परिपाटीले गर्दा घोडाघोडी ताल तथा मन्दिर क्षेत्र दुर्गन्धित बन्दै गइरहेको छ । कार्यक्रम गरि भाषणमा मात्र सिमित राख्न भन्दा बरु त्यो पैसाले सरसफाइ सामाग्री किनेर सरसफाइ गर्यो भनेमात्र घोडाघोडी क्षेत्र दुर्गन्ध मुक्त हुन्छ कि भन्ने कुरामा सबैको ध्यान जान जरुरी देखिन्छ ।