कैलालीको घोडाघोडीमा मोटरसाईकल दुर्घटना - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कैलालीको घोडाघोडीमा मोटरसाईकल दुर्घटना



हिमाल पोस्ट / सुखड । कैलालीको घोडाघोडी नगरपालिका- ५ मा  मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा परि एक जना घाईते भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

कान्द्रा नदीको पूर्वी छेउमा सडक भत्किएको स्थानमा से ४ प २०९० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा गोदावरी नगरपालिका- २ बस्ने रमेश भट्ट घाईते भएको प्रहरीले  जनाएको छ ।

तीब्र गतिमा रहेको मोटरसाइकल खाल्डोमा पर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते भट्टको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको छ । फाईल तस्विर