यात्रु नपाएपछी, वाइडबडी जापान उडान नगर्ने - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

यात्रु नपाएपछी, वाइडबडी जापान उडान नगर्ने



काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी जहाजको जापान उडान अनिश्चित बनेको छ। असार १९ बाट जापानको ओशाकास्थित कान्साई अन्तर्राष्ट्रिय एयरपोर्टमा उडान गर्ने यात्रु नभेटेपछि तत्कालका लागि स्थगित भएको छ।

नेपाल वायुसेवाले २५ दिनदेखि टिकट खुला गरेको थियो। तर यात्रु न्यून पाएपछि आर्थिक भार बढी हुने डरले उडान स्थगित गरिएको हो।

अहिले ‘अफ सिजन’ परेका कारण उडान नगर्ने निर्णय भएको निगमका  प्रवक्ता नवराज कोइरालाले बताए। ‘अहिले ‘अफ सिजन’ रहेछ, धेरै बुकिङ भएको देखिएन’, उनले भने, ‘यसो हुँदा निगलाई ठूलो आर्थिक भार पर्ने देखियो। यात्रु अभावमा तत्काल वाइडबडी नपठाउने भनिएको हो।’

नेपाल एयरलाइन्सले वाइडबडीबाट जापान उडानको तालिका तय गरेको थियो। कोइरालाले अगस्ट अन्तिमबाट जापानका २ एयरपोर्टमा उडान गर्ने तयारी गरिएको बताए। ‘

नेपाल एअरलाइन्सले काठमाडौं-ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको थियो ।