‘तारक मेहताका उल्टा चश्मा’का कलाकारको निधन - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

‘तारक मेहताका उल्टा चश्मा’का कलाकारको निधन



मुम्बई– भारतको चर्चित टेलिभिजन कार्यक्रम ‘तारक मेहताका उल्टा चश्मा’मा रोशन सिंह सोढीका ससुराको अभिनय गरेका कलाकार दिन्याकर कन्ट्राक्टरको निधन भएको छ ।

उनको बुधबार बिहान ७९ वर्षको उमेरमा निधन भएको हो । रंगमञ्चबाट आफ्नो अभिनय यात्रा शुरु गरेका कन्ट्राक्टर धेरै लामो समयदेखि बिरामी रहिआएका थिए ।

तारक मेहताका उल्टा चश्माबाहेक उनी तेरी भी चुप मेरी भी चुप, कभी इधर कभी उधर, दम दमा दम, हम सब एक हैं, दो और दो पाँच, दिल विल प्यार प्यार, शुभ मंगल सावधान, करिश्माः एक मेरिकल डेस्टनी, हम सब बाराती, खिचडी, भ से भदे लगायतका टेलिभिजन कार्यक्रममा अभिनय गरेका थिए ।

उनलाई यसै वर्ष भारतको पद्मश्री पदकबाट पनि सम्मानित गरिएको थियो ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।