पत्रकार राईमाथि आक्रमण, टाउकोमा ६ टाँका

सुनसरी, । पत्रकार दिलबहादुर राईमाथि कार्यकक्षमै अक्रमण भएको छ । मङ्गलबार राति अनलाईन टेलिभिजन कार्यलयमा कामको सिलसिलामा बसिरहेको बेला अचानक आक्रमण भएको बताइएको छ ।
छ जनाको समुहमा आएका अपरिचित समुहले उनीमाथि आक्रमण गरेको बताइएको छ । आक्रमणबाट घाइते उनको टाउकोमा ६ बटा तानका लगाइएको बताइएको छ । राईलाई मंगलबार राती बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारपछि घर पठाईएको छ ।

