नागरिक दुःखी, सांसद खुसी – गगन थापा
काठमाडौँ
– नेपाली काङ्ग्रेसका सांसद गगन थापाले ओली नेतृत्वको सरकारले ल्याएको बजेटले देशलाई सही दिशा दिन नसकेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा मङ्गलबार आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै थापाले नेकपासँग सङ्ख्या भए पनि सिद्धान्त नभएको आरोप लगाए ।
‘बहुमतको सरकारले रूपान्तरणको बीउ रोप्छ कि भन्ने आशा थियो । नेपाललाई मान्छे बेच्ने होइन समान बेच्ने देशको रूपमा अगाढि बढाउला भन्ने अपेक्षा थियो,’ गगनले प्रश्न गरे, ‘छिटोछिटो फेरिने सरकारभन्दा स्थिर कम्युनिस्टको सरकारले के अतिरिक्त कुरा गर्दैछ ? नागरिक भएर सोच्छु, फेरि अझै तीन वर्ष यही सरकारले बजेट ल्याउँछ । मेरो नागरिकको रूपमा तीन वर्ष खेर जाने भयो यत्रो अनुकूलको समय,’ गगनले अर्थमन्त्रीसँग प्रश्न गरे, ‘अर्थमन्त्रीलाई सोध्न चाहन्छु– म सांसद भएर खुशी हुँ कि व्यक्ति नागरिक भएर दुखी हुँ ?’