पोखराबाट रसुवा जान लागेको टाटासुमो दुर्घटना ,२ जनाको मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पोखराबाट रसुवा जान लागेको टाटासुमो दुर्घटना ,२ जनाको मृत्यु



रसुवा । रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पोखराबाट रसुवाको गोल्जुङ जान लागेको बा १० च ५८२० नम्बरको टाटा सुमो जिल्लाको कालिका गाउँपालिका १ स्थित गुम्चेतमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । ३ जना बेपत्ता भएका प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घाइतेको उद्धार गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।

फाईल तस्विर