गैरसरकारी संस्थाद्बारा नीति तथा कार्यक्रममा समेट्न सुझाव

विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा सरोकारवालाहरु संगको समन्वय बैठक सम्पन्न भएको छ ।
घोडाघोडी नगरपालिका र एस ओ एस बालग्राम धनगढीको संयुक्त आयोजनामा सम्पन्न भएको बैठकमा घोडाघोडी नगरपालिकामा काम गर्दै आइरहेका विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले संस्थाले गरेका कार्यक्रम तथा योजनाहरुको बारेमा जानकारी गराएका थिए । उनिहरुले घोडाघोडी नगरपालिकाले अब बनाउने निति तथा कार्यक्रममा आफ्ना कार्यक्रमहरुलाई पनि समेट्न सुझाब समेत दिएका थिए ।
घोडाघोडी नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी प्रमुख अथिती रहेका थिए । प्रमुख अथितिको आसनबाट बोल्दै नगर प्रमुख चौधरीले घोडाघोडी नगरपालिकामा काम गर्दै आइरहेका संघ संस्थाहरुले समयमै आफ्ना कार्यक्रम तथा योजनाहरु नगरपालिकामा दिनुपर्ने बताए । उनले भने , विभिन्न संघ संस्था तथा स्थानिय सरकार मिलेर विकास कार्यमा लाग्नु पर्छ , यदि संघ संस्थाले चाडै नै कार्यक्रम तथा योजनाहरु दिएभने आगामी बर्ष बजेट बिनियोजन गर्दा छुट्याउन सजिलो हुन्छ ।”
कार्यक्रममा एस ओ एस बालग्राम धनगढी शाखाका योजना निर्देशक पदम बहादुर हमालले एस ओ एस बालग्राम भनेको केहो ?, के – के काम गरिरहेको छ ?, यो संस्थाका मान्यता तथा चुनौतीहरुको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमको संचालन एस ओ एस बालग्रामका कार्यक्रम कोर्डिनेटर विपिन कुमार मिश्रले गरेका थिए ।

