उडिरहेको विमानमा बमको हल्ला चलेपछि…
जेठ २०, २०७६
काठमाडौँ – सिङ्गापुरको स्कूट विमानमा बमको हल्ला फैलिएपछि त्यहाँको वायुसेनाले दुईवटा फाइटर जेट पठाएर उक्त विमानलाई सुरक्षा दिएका छन् । तर बम हल्ला मात्र भएको अधिकारीहरूले बताए ।
फिलिपिन्सको सेबुबाट सिङ्गापुर आइरहेको स्कूट टीआर३८५ विमानमा १४४ यात्रु सवार थिए । आइतवार प्रहरीलाई सुरक्षाको अलर्ट गराइएको थियो ।
१३ वर्षीय एक पुरुष यात्रुले हल्ला फिँजाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनले अहिले प्रहरीलाई अनुसन्धानमा सघाइरहेको समाचारहरूमा उल्लेख छ ।
स्कूट एयरलाइन्सका एक प्रवक्ताले सबै १४४ यात्रु र ६ जना विमान कर्मचारी आइतवार सिङ्गापुरको चाङ्गी विमानस्थलमा स्थानीय समयअनुसार दिउँसो ४:४९ मा सुरक्षित अवतरण गरेको बताए ।
बीबीसीबाट