६ करोडको विरोध गर्नेलाई चुनाव लडेर देखाउन चुनौती
काठमाडाैँ – समावेशी पार्टी नेपालका सांसद प्रदिप यादवले स्थानीय विकास पूर्वाधार कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रलाई दिइको ६ करोडको विरोध गर्नेहरुलाई चुनाव लडेर आउन चुनौती दिएका छन् ।
आइतबार आर्थिक वर्ष २०७६-७७ को बजेटमाथिको छलफलमा भाग लिँदै यादवले ६ करोडको विरोध गर्नेहरुप्रति आक्रोश पोख्दै जनताको मत जितेर आउन चुनौती दिएका हुन् ।
उनले पूर्वाधार विकास कार्यक्रमको विरोध गर्नेलाई एक वर्षमा देखिने विद्वानको संज्ञासमेत दिए । बजेटमाथि छलफलमा भाग लिँदै यादवले भने, ‘एक वर्ष हराएका विद्वान बजेटका बेला निर्वाचन क्षेत्रलाई दिएको रकमको विरोध गर्न देखा पर्छन् । काठमाडौँको आँखाले हेरेर स्थानीय विकास पूर्वाधार कार्यक्रमको मूल्यांकन गछन्, सांसदलाई तलब दिए जस्तो गरिरहेका छन् ।’
उनले अगाडि भने, ‘विद्वानहरुलाई आग्रह गर्छु एकपटक चुनाव लडेर हेर्नुहोस् । हामीले सडक बनाइ दिन्छौं, कुलो बनाइ दिन्छौँ, दल बनाइ दिन्छौँ भनेर चुनाव जितेका हुन्छौं । सडक नाला नबनाए जनताले त्यही हराइ दिन्छन्, संसदमा आउन पाइँदैन ।’
उनले बजेट संघीयता विरोधी भएको आरोप लगाए । केन्द्रमा अधिक बजेट केन्द्रिकित गरेर प्रदेशलाई कमजोर बनाउन खोजिएको यादवको तर्क छ ।
‘बजेट मिठो पनि छ, तितो पनि, छ चटपटे जस्तो पनि छ । खोतल्दै जाँदा संघीयता विरोधी छ । प्रदेशलाई विभेद गरिएको छ । केन्द्रमा धेरै बजेट केन्द्रित गरिएको छ । २ नम्बर प्रेदेशलाएई सौतेलो व्यवाहार गरियो । १७ अर्ब बाट १४ अर्ब मात्र गरिएको छ । कर्मचारीको तलब पनि त्यसैमा कम छ । विकासका हिसाबले पछि परेको प्रदेशलाई नै बजेट किन कम ? ४० अर्ब बजेट चाहिन्थ्यो’, यादवले भने ।
उनले केन्द्र र प्रलेशबीचको द्ध्रन्द्ध कम गर्न पनि बजेटको बाँडफाँडलाई सन्तुलित गर्नुपर्ने धारणा राखे ।
‘निजगढ विमानस्थललाई पैसा नदिने अनि यथाशीघ्र भन्ने कसरी हुन्छ ? गत वर्ष एक अर्ब ४३ करोड बजेट थियो । विशेष बजेटका रुपमा निजगढमा पैसा छुट्याउन आवश्यक छ’, यादवले संसदमा भने ।