रमेश खरेलले भने : नेपाल प्रहरीले 'इलिगल अर्डर' नमान्नुस - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

रमेश खरेलले भने : नेपाल प्रहरीले ‘इलिगल अर्डर’ नमान्नुस



नेपाल प्रहरीबाट राजीनामा दिएपछी एकाएक गुमनाम जस्तै भएका पूर्वडिआइजी रमेश खरेल भ्रष्टाचारविरुद्धको अभियानमा देखिएका छन्। नेपालका लागि नेपाली अभियानले शनिबार राजधानीमा गरेको भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुँदै उनि सक्रिया हुने लक्षण देखाएका हुन् । राजीनामा पछि पहिलो पटक उनि सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

माइतीघरबाट सुरु भएको र्‍यालीलाई बानेश्वरमा सम्बोधन गर्दै खरेलले भने, ‘कानुनविपरीतका नाङ्गो नाच विरुद्ध आजबाट म पनि सडकमा आएको छु, अब म तपाईहरुसँगै हुनेछु।’ उनले यसो भनिरहँदा उपस्थित भिड निकै आक्रमक देखिएको थियो ।

कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरीलाई ‘इलिगल अर्डर’ नमानि आफ्नो ब्रम्ह प्रयोग गर्न र व्यवसायिक बन्न आग्रह गरे। आफूहरुको शान्तिपुर्ण र्‍यालीमा धेरै प्रहरी खटिएको भन्दै खरेलले कानुनअनुसार गरिएको विरोधमा भन्दा अपराधी खोज्ने कार्यमा जान पनि आग्रह गरेका छन्।

उनले भने, ‘हामी कानुनअनुसार शान्तिपुर्ण कार्यक्रम गर्छौं। तपाईहरू म्यानेज गर्न आउनु पर्दैन। अपराधीलाई कानुनको दायरामा ल्याउन जानुस्।’ भ्रष्टचारविरुद्धको अभियानमा सहभागीहरूलाई खरेलले अरूको विरोध गर्न पहिले आफू सही हुनुपर्ने भन्दै सबैलाई सचेत भएर कानुनअनुसार अगाडि बढ्न आग्रह गरेका छन्।

सरकारले सर्वेन्द्र खनाललाई आइजिपी नियुक्त गरेपछि खरेल असन्तुष्ट भएका हुन्। २०४५ सालमा उनि भलिबल खेलाडीका रुपमा नेपाल प्रहरीमा सेवा सुरू गरेका थिए ।

सर्वेन्द्र खनाललाई आइजिपी नियुक्त गरेपछि बिना कुनै असन्तुष्टि र मुद्दामामिला नगरी एकाएक खरेलले राजीनामा दिएका थिए। राजीनामा पछि पहिलो पटक उनी नागरिकसँगै सडकमा आएका हुन्।

नेपालीका लागि नेपाली अभियानले भ्रष्टाचार नियन्त्रण, निर्मला पन्तको हत्यारालाई कार्वाही, पक्राउ परेका नागरिक आन्दोलननका अभियन्ताको रिहाई लगायतका माग राख्दै शनिबार विरोध र्‍याली गरेका हुन्।