दुई तोला सुनको सिक्री जाँडको सितन बनाएपछि ...... - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

दुई तोला सुनको सिक्री जाँडको सितन बनाएपछि ……



काठमाडौं, ४ पुस । लुटेको सुन लुकाउन जाँडसँगै निलेका एक लुटेरा अस्पतालमा जीवनमरणको दोसाँधमा छन्।

उनको छिनछिनको स्वास्थ्य अवस्था काठमाडौं प्रहरीले लिइरहेको छ।

काठमाडौंमा केही दिन अघि भएको लुटपाट घटनाका आरोपीले प्रमाण लुकाउन खोज्दा ज्यान जोखिममा परेको हो। प्रहरी फन्दामा परेका ती लुटेरा अहिले वीर अस्पतालमा भर्ना गरिएका छन्।

घटनाको प्रमाण र आरोपीको प्राण जोगाउन प्रहरी आरोपीमाथिको स्याहारसुसारमा खटिइरहेको छ। काठमाडौंका प्रहरी निमित्त प्रमुख एसपी प्रधुम्न कार्कीले बेलाबेला आरोपीको अवस्थाबारे जानकारी लिइरहेका छन्।

प्रहरीका अनुसार कीर्तिपुर घर भइ हलचोक बस्ने सुमन महर्जनले लुटेको दुई तोला सुनको सिक्री निलेका थिए।

महानगरीय प्ररही वृत्त स्वयम्भुका अनुसार मंसिर १८ गते राति भएको लुटपाट घटनामा संलग्न आरोपमा पक्राउ परेका महर्जनले शुक्रबार राति जाँडको सितन बनाएर दुई तोला सुनको सिक्री निलेका थिए।

खबर  आजको नागरिक दैनिकमा छ ।