प्रधानमन्त्री ओलीले पोखरामा गरेको त्यो राम्रो निर्णय

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा शिर नझुक्ने निर्णय गरेका छन् । शनिवार बिहान पोखराको लेकसाइडस्थित स्विस इन्टरनेशनल होटल सरोबर उद्घाटन थियो । होटलको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय थियो ।
प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने भनेर शिलालेख समेत बनाएर ढाकेर राखिएको थियो । लेकसाइटको मिरा गल्लीमा रहेको उक्त होटल नौ तले हो । पोखरामा ३ तल्ला भन्दा माथिको घर बनाउन नगरपालिकाले स्वीकृति दिने गरेको छैन ।
होटलका सञ्चालक भारत पहारी भ्रष्टाचार काण्डमा मुछिएका व्यक्ति हुन्, उनलाई मंसिरमा भ्रष्टाचारको मुद्दामा दोषी ठहर्याएको थियो । ९८ लाख ९३ हजार रुपैंया बराबरको सम्पत्ति स्रोत नखुलेको भन्दै अदालतले उनलाई कैद तथा जरिवाना सुनाएको थियो ।
प्रधानमन्त्री ओलीले गैरकानुनी ढंगले बनाइएको होटेल र पहारीको बारेमा थाहा पाएपछि उद्घाटन नगरेको बुझिएको छ ।
यदि प्रधानमन्त्री ओलीबाट उक्त होटेल होटल उद्घाटन भएको भए उनको चर्को आलोचना पक्का थियो ।
प्रधानमन्त्रीको सचिवालय निकम्मा
कुनै पनि कार्यक्रम उद्घाटन, समापन वा जे सुकै होस् पहिला सचिवालयलाई थाहा हुने गर्छ । सचिवालयले उक्त कार्यक्रम ठिक छ या छैन अनुसन्धान गर्ने, निर्णय सुनाउने काम गर्नुपर्ने हो । पछिल्लो समन्य निकै आलोचित बन्दै गएको प्रधानमन्त्री निजि सचिवालय यो काण्डमा पनि चिप्लिएको छ ।
यस्ता हचुवाको भरमा निर्णय गर्ने, कुन कार्यक्रममा जाने वा नजाने निर्णय गर्नुभन्दा पहिला सचिवालयको ढंग वा विचार नपुग्दा प्रधानमन्त्री ओली पछिल्ला केहि घटनामा आलोचित बनेका थिए ।

