कैलालीमा १० वर्षिया बालिकाको नदिमा डुबेर मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कैलालीमा १० वर्षिया बालिकाको नदिमा डुबेर मृत्यु



हिमाल पोस्ट/कैलाली ।
कैलालीको भजनीमा एक बालिकाको नदिमा डुबेर मृत्यु भएको छ । शुक्रबार साझ भजनी नगरपालिका -३ कुसुमघाटको मोहना नदिमा नुहाउने क्रममा शिव सोनीकी १० वर्षिया छोरी एकता सोनीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ ।

सोनि भारतको गुजरात जामनगरका भएपनी उनीहरु हाल कैलालीको भजनी नगरपालिका -३ कुसुमघाटमा बस्दै आईरहेका छन् । मृतक बालिका भने आफ्ना बुवालाई भेट्न् भारतबाट केहिदिन अघि मात्र नेपाल आएको बताइएको छ । शव भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम गरि शनिबार आफन्तकोमा जिम्मा लगाईएको ईलाका प्रहरी कार्यलय भजनीले जानकारी दिएको छ ।