माधव नेपाल भन्छन : केपी ओलीकै सरकार ५ वर्ष ढुक्क - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

माधव नेपाल भन्छन : केपी ओलीकै सरकार ५ वर्ष ढुक्क



काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्ने बताएका छन् । नेकपाकै अध्यक्ष र वरिष्ठ नेताले सरकार फेर्नुपर्ने नत्र दुर्घटना हुन्छ भनेकै बेला नेता नेपालले भने ओली सरकार नै ५ वर्ष टिक्ने ठोकुवा गरेका छन् ।

एक पुस्तक लोर्कापण कार्यक्रममा शुक्रबार बोल्दै नेपालले ‘देश समृद्धिको दिशातिर अघि बढिरहेकाे बेला सरकारलाई खल्बल्याउनु नहुने बताउंदै यदि त्यस्तो भएमा त्यसले विकासको गति अवरुद्ध हुन्छ हुने तर्क गरेका हुन् । कार्यक्रममा उनले अगाडी भने  ‘केपी ओली नेतृत्वको यो सरकार ५ वर्ष नै चल्छ ।’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक टेलिभिजन कार्यक्रममा १५ महिनापछि वतर्मान सरकारको नेतृत्व परिवर्तन हुने खुलासा गरेपछि नेपालको यस्तो भनाइ आएको हो । नेपालले अहिलको अवस्थामा पार्टीमा फुट ल्याउने विषयहरु कसैले पनि उठाउन नहुने बताए । उनले तुलनात्मक रुपमा आर्थिक वर्षको बजेट राम्रो बनेको टिप्पणी गरे । ‘बजेट राम्रो बनेको छ,’ नेता नेपालले भने, ‘अब कार्यान्वयनमा ध्यान दिनुपर्छ ।’

फाइल तस्बिर