निर्मलाका हत्यारा बालुवाटारमै रहेको कोइरालाको खुलासा - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

निर्मलाका हत्यारा बालुवाटारमै रहेको कोइरालाको खुलासा



काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सनसनीपूर्ण खुलासा गरेका छन् । उनले बालिका निर्मला पन्तको हत्यारा बालुवाटारमै रहेको खुलासा गरेका छन् । त्यतिमात्र होइन कोइरालाले सुन तस्करलाई पनि प्रधानमन्त्री स्वयंले संरक्षण दिएको पनि बताए ।

नेपाल शिक्षक संघ प्रदेश–५ को सभालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्छ भनेर किन भन्नु भएको थाहा छ ? किनकी हत्यारा बालुवाटारमै छ, उहाकै सरनमा छ ।’ कार्यक्रममा बोल्दै कोइरालाले सुनकाण्डका दोषी पनि बालुवाटारमै रहेको बताए । सुनकाण्डका दोषी प्रधानमन्त्रीसँगै चाइनादेखि भियतनाम पुगीरहेको दाबी गरे ।

डा. कोइरालाले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफू थुनामा रहेका बेला राजासँग सम्झौता गर्न दवाव दिएको समेत बताएका छन् । ‘२०६२/०६३ को जनआन्दोलन बेलामा राजालाई तपाईंहरूलाई छोड्दैन हस्ताक्षर गरेर छुट्नुस् भन्नुभएको थियो’ उनले भने, ‘उहाँ त्यतिबेला वयलगाडा चढेर अमेरिका पुगिन्छ भन्दै हिंड्नुहुन्थ्यो ।’

आफूहरू लोकतान्त्रिक आन्दोलनमा लागेका बेला प्रधानमन्त्री ओली पक्राउ पनि नगरेको उनले स्मरण गरेँ ।प्रधानमन्त्री ओली शक्तिको भोको रहेको कोइरालाको दाबी छ । कार्यक्रममा उनले अगाडी भने ‘ओलीजी सर्वसत्तावाद, अधिनायकवाद र निरंकुशतावादको ठ्याक्कै प्रतिबिम्ब हो ।’