घोडाघोडीका दुई विद्यालयमा सरसफाई सामाग्री वितरण

विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलाली जिल्ला फुटवल संघ र मर्सिकोर नेपालको सहकार्यमा संचालित जेनेरेसन अमेजीङ्ग कार्यक्रम अन्तरगत घोडाघोडी नगरपालिकाका दुई बिद्यालयमा सरसफाइ सामाग्री वितरण गरिएको छ ।
घोडाघोडी नगरपालिका -१ बेलारमा रहेको छडी माध्यमिक बिद्यालय र घोडाघोडी नगरपालिका -२ मा रहेको दशरथ माध्यमिक विद्यालयमा बिहिवार एक कार्यक्रमका बिच सरसफाई गर्ने सामाग्री हस्तान्तरण गरीएको हो ।
जिए युथ एम्बास्डर नारायण आचार्यले विद्यालयका प्रध्यानध्यापक तथा शिक्षकलाई सरसफाई सामाग्री हस्तान्तरण गरेका थिए । जस अन्तरगत कोदालो , बेल्चा, झाडु, डस्टवीन,बाल्टी ,पन्जा , प्याड ,शौचालयका लागि ब्रस , हार्पिक लगायतका सामग्रीहरु रहेका छन् ।
सरसफाई सामाग्री हस्तान्तरण कार्याक्रममा बोल्दै छडी माध्यमिक विद्यालयका प्रध्यानध्यापक जय नारायण आचार्यले सरसफाई सामाग्री सहयोग गरिएकोमा धन्यबाद व्यक्त गरेका छन् । उनले आफुहरुले पाएका सामाग्रीहरु सहि किसिमले सदुपयोग गर्न विद्यार्थी तथा शिक्षकहरुलाई आग्रह गरे । आचार्यले विद्यालयमा शिक्षकको कमि भएको समेत गुनासो गरे । उनले भने ,’ विद्यालयमा शिक्षकको अभाव भएकोले परिचरद्बारा कक्षा संचालन गर्नुपर्ने बाध्यता रहेको छ ।” बिद्यालयमा फर्निचर ,विजुली बत्ती ,पंखा ,भवन ,विद्यालय घेरबार लगायतको समस्या छ । उनले थपे, ‘घोडाघोडी नगरपालिकालाई सम्पूर्ण समस्याहरु सुनाएरपनि चासो लिएको छैन ।’
त्यस्तै कार्यक्रममा घोडाघोडी बहुमुखी क्याम्पसका शिक्षक पुष्प राज जोशि तथा छडी माध्यमिक विद्यालयका शिक्षक तेज प्रसाद चपाइले वातावरण तथा मानवीय स्वास्थको कसरी संरक्षण गर्ने भन्ने कुराको जानकारी दिएका थिए ।
जेनेरेसन अमेजीङ्ग कार्यक्रम अन्तरगत कैलाली जिल्ला फुटबल संघ , मर्सिकोर नेपालको सहयोग र घोडाघोडी क्लबको समन्वयमा सरसफाइ सामाग्री हस्तान्तरण गरिएको एम्बास्डर नारायण आचार्यले जानकारी दिए ।
घोडाघोडी क्लबलाई टि बोरिङ हस्तान्तरण
कैलालीको सुखडमा रहेको घोडाघोडी क्लबलाई टि बोरिङ हस्तान्तरण गरिएको छ ।
कैलाली जिल्ला फुटवल संघ र मर्सिकोर नेपालको सहकार्यमा संचालित जेनेरेसन अमेजीङ्ग कार्यक्रम अन्तरगत आज घोडाघोडी क्लबलाई टि बोरिङ हस्तान्तरण गरिएको हो ।
घोडाघोडी नगरपालिकाका जिए युथ एम्बास्डर नारायण आचार्यले क्लबका नव निर्वाचित अध्यक्ष अर्जुन भट्ट तथा सचीव विष्णु सापकोटालाई उक्त बोरिङ हस्तान्तरण गरेका थिए । खेल मैदान सरसफाइ लगायत कामको लागि कैलाली जिल्ला फुटवल संघ र मर्सिकोर नेपालको सहयोगमा उक्त टि बोरिङ बनाइएको एम्बास्डर आचार्यले जानकारी दिए ।

