जुकरबर्गको नेतृत्वबारे आज मतदान - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

जुकरबर्गको नेतृत्वबारे आज मतदान



पछिल्लो समय फेसबुकका संस्थापक मार्क जुगरबर्गको नेतृत्वमाथि प्रश्न चिन्ह खडा हुन थालेको छ।

जुकरबर्ग फेसबुकका कार्यकारी प्रमुख तथा फेसबुक सञ्चालक समितिकासमेत प्रमुख हुन्।

बिहीबार जुकरबर्गले फेसबुकको नेतृत्व गर्ने या नगर्ने भन्नेबारेमा मतदान हुँदैछ।

कैयौँले जुकरबर्गले सञ्चालक समितिको प्रमुखबाट हटेर फेसबुकलाई कार्यकारी प्रमुखका रूपमामात्र व्यवस्थापन गर्नुपर्ने बताउँदै आएका छन्।

जुकरबर्ग आजको मतदानमा पराजित नहुने बताइएको छ। यद्यपि केही मत विपक्षमा खस्ने भएकाले उनको नेतृत्वमा प्रश्न चिन्ह खडा भए त्यसले गलत सन्देश जाने विश्लेषण गरिएको छ।

यस मतदानले फेसबुकमा सेयर हुनेहरूले जुकरबर्गलाई कति विश्वास गर्छन् भन्नेसमेत खुल्नेछ।

फेसबुकमा ट्रिलियम एसेट म्यानेजमेन्टको सेयर ७ मिलियन अमेरिकी डलर छ।

म्यानेजमेन्टका उपप्रमुख जोनास क्रोन भन्छन्,‘उनी विश्वकै एक ठूलो कम्पनीमा दुईवटा भूमिकामा छन्। उनले कार्यकारी प्रमुखको जिम्मेवारी लिएर फेसबुकलाई राम्रोसँग व्यवस्थापन गर्न सक्छन्। सञ्चालक समितिको जिम्मेवारी अन्यलाई दिए कम्पनीको अवस्था अझ राम्रो हुने थियो।’

(एजेन्सी)