सरकारको लोकप्रिय बजेटमाथि काङ्ग्रेसको कर्मकाण्डी बिरोध

काठमाडौं– सरकारले आज संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७६ को वार्षिक बजेटप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस हावादारी भएको तर्क गरेको छ, यधपी बजेट सन्तुलित र सुन्दर बनेको काङ्ग्रेस बाहेकका अर्थविद र जानकारहरुले जनाएका छन् ।
सरकारका अर्थमन्त्री युवराज खतिवडाले बजेट पेश गरिसकेपछि संसद भवन परिसरमा प्रतिक्रिया दिँदै काँग्रेस सभापति शरेबहादर देउवाले बजेट हावादारी भएको र सरकारले पनि गफ बाहेक केहि गर्न नसक्ने बताएका छन् । उनले भने,‘बजेट हावादारी ढंगले ल्याएको छ । क्यापासिटी नै नभइकन के–के न गर्छु भन्छ । काम गर्ने क्षमता छैन । यो बजेट वितरणमुखी छ ।’ तर जानकारले भने यसैलाई बजेट र क्यापासिटी फरक भएको र उनले बिरोधका लागि मात्र बिरोध गरेको बताएका छन् ।
काङ्ग्रेसका अर्का नेता तथा छाँया सरकारका अर्थमन्त्री डा.मिनेन्द्र रिजालले सिरानी राखेर बजेट ल्याएको प्रतिक्रिया दिए । उनले भने, ‘बजेट सिरानी राखेर ल्याएको पाइयो । अर्थमन्त्रीले अवसर गुमाउनुभयो । समयलाई सदुपयोग गर्नुपथ्र्यो । उहाँले पहिले भन्नु भएको थियो । स्रोत र साधनले धान्ने सम्म लोकप्रिय बजेट ल्याउँछु भनेर । यो लोक रिझाइको बजेट हो । लोक रिझाइको बजेटको नाम विकासको बाधकको रुपमा ल्याउनुभयो ।अर्थमन्त्रीले लोकरिझाइँको बजेट ल्याउनुभयो। विकासको आधार नबन्ने बजेट आएको छ।’ रिजालले भने । डा . रिजालले बजेटको सतही रुपमा मात्र कमेन्ट गरेको जानकारले बताएका छन् ।
डा . रिजालले बजेटले महंगी ढाउने दाबी गर्दै नियन्त्रणको कुनै कार्यक्रम नभएको बिषयलाई भने केहि हद सम्म स्वीकार्न सकिने अर्थविदले बताएका छन ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बजेटबारे कुरा गर्दै भनेका छन, अघिल्लो वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिरको लक्ष्य राखिएको थियो । त्यो लक्ष्य भेटिएन,’ उनले भने,‘अहिले ८. ५ प्रतिशतको राखिएको छ । अनि पूँजिगत खर्चको आकार सानो बनाइएको छ । व्यपार घाटालाई कसरी घटाउने भन्नेबारेमा त्यस्तो भरपर्दो कार्यक्रम छैन ।’
पूर्व अर्थमन्त्री एव नेपाली काँग्रेसका नेता रामशरण महतले बजेट महत्वकांक्षी र वितरणमूखी रुपमा आएको छ । लक्ष्य धेरै राखिएका छन्, धेरै कुराहरु गरिएका छन् । त्यसको कार्यान्वयन पक्षमा भने विश्वसनीयता छैन,’ उनले भने, ‘बजेटलाई अनावश्यक रुपमा ठूलो पनि बनाइएको छ । जसले खर्चको दुरुपोयग बढाउने देखिएको छ । राष्ट्रिय ऋण बढ्ने सम्भावना पनि बढी छ ।’ उनले भने बजेटमा सुन्दा राम्रा कुरा भएपनि संघियता अनुसारको मर्म बजेटले बोक्न नसकेको आरोप लगाएका छन ।
डा महतले स्थानीय सरकारको अधिकार संघिय सरकारले लिन खोजेका धेरै घटना बजेटमा भेटिएको बताएका छन् ।

