चोरले सडकमा फ्याँके करोडौँ रुपैयाँ - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

चोरले सडकमा फ्याँके करोडौँ रुपैयाँ



तामिलनाडुको राजधानी चेन्नईमा चोरीको नाटकीय घटना भएको छ।

चेन्नईको कोट्टुरपुरमा सोमबार एक जना व्यापारीको घरमा चोरी भएको थियो। करोडौँ रुपैयाँको सुटकेस लिएर ती चोरहरू बाइकमा भागेका थिए। भाग्दाभाग्दै उनीहरूको सामना प्रहरीसँग हुन्छ। चोरले बाइक घुमाएर फर्कन खोजेपछि प्रहरीलाई शङ्का लाग्छ र उनीहरू चोरको पछि लाग्छन्।

दश मिनेटसम्म प्रहरीले पछ्याउन नछोडेपछि चोरले सुटकेसबाट ५ सयका नोट बन्डलहरू खोलेर बाटामा फ्याँक्न सुरु गर्छ।

सडकमा पैसा उडेको देखेपछि प्रहरी आश्चर्यमा पर्छन् र प्रहरी रोकिन्छन्। यही मौका छोपेर चोर सुइँकुच्चा ठोक्छन्।

अहिले प्रहरीले ती चोर खोजीरहेको छ। चेन्नईका एक जना व्यापारी अन्ना सलाई रोडस्थित स्पेन्सर्स प्लाजा मलका मालिक बाला सुब्रमन्यमले आफ्नो घरमा चोरी भएको उजुरी दर्ता गरेको छन्।

चलचित्र धुम ३ मा समेत प्रहरीको ध्यान भड्काउन चोरले पैसा उडाएको दृश्य छ। यतिबेला मानिसहरू यस घटनालाई धुम ३ को झझल्को दिने घटनाको रूपमा हेरिरहेका छन्। (एजेन्सी)