वामदेवले गरे प्रधानमन्त्रीबाट ओलीलाई हटाउने गम्भीर खुलासा - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

वामदेवले गरे प्रधानमन्त्रीबाट ओलीलाई हटाउने गम्भीर खुलासा



काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा पुर्व उपप्रधानमन्त्री वामदेव गाैतमले प्रधानमन्त्री फेरिन सक्ने बताएका छन्  । एक टेलिभिजनलाई दिएको अन्तर्वातामा उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व फेरिन सक्ने स्पस्टसंग संकेत गरेका छन्  ।सरकार नफेरिने तर, प्रधानमन्त्री भने फेरिन सक्ने उनले संकेत गरे । पार्टी एकताको भावनालाई मध्यनजर गर्दै सरकार गठनको अढाई वर्षमा अर्काे प्रधानमन्त्री फेरिने बताएका हुन् ।

‘सरकार परिवर्तन हुँदैन, एउटा राजनीतिक विचारधारा हटेपछि अर्काे विचारधाराले सरकारको नेतृत्व गर्न पुग्दा सरकार परिवर्तन मान्न सकिन्छ । तर, यहाँ बिचारधारा एउटै छ । सरकार परिवर्तन हुँदैन तर, प्रधानमन्त्री पद परिवर्तन हुन सक्छ’, गौतमले भने ।

गौतमले प्रधानमन्त्री एउटा भएपनि मन्त्रीहरु फेरिएजस्तै प्रधानमन्त्री पनि फेरिन सक्ने बताए । प्रधानमन्त्री फेरिदैमा सरकार फेरिएको मान्न नसकिने बताए ।

उनले वर्तमान सरकार स्वच्छाचारी भएको भने स्वीकार गरेका छन् । ‘मैले वर्तमान सरकार स्वच्छाचारी भयो भनेर पार्टी स्थायी कमिटीमा लिखितरुपमै धारणा राखे’, उनले भने, ‘यहाँ सामुहिक निर्णय हुँदैन, ब्यक्ति केन्द्रीत हुन्छ ।’

साथै, गाैतमले पार्टी र सरकार चलाउने जिम्मा अध्यक्ष ओलीकै हातमा बढि भएकाले समस्या भएकाे टिप्पणी गरे । उनले एउटा अध्यक्षले सरकार र अर्कोले पार्टी चलाउने अवराधाणामा दुई अध्यक्षात्मक प्रणाली अबलम्वन गरिएको भएपनि अहिले प्रचण्डको भूमिका अर्का अध्यक्ष ओलीको सहयाेगी जस्तो मात्र भएको उल्लेख गरे ।