५३ वर्षमा सलमानले गरे आफ्नैबारे नयाँ खुलासा - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

५३ वर्षमा सलमानले गरे आफ्नैबारे नयाँ खुलासा



काठमाडौं -बलिउड अभिनेताको सलमान खान ५३ वर्षका भए तर यो उमेरमा समेत उनी अविवाहित छन्।

हुन त उनका प्रेमिकाहरूको सूची पनि लामै छ। तर धेरै जनासँग अफेयर चले पनि उनको विवाह भने कसैसँग हुन सकेन।

हाल फिल्म भारतको प्रचारप्रसारमा व्यस्त रहेका सलमानले आफ्नो विवाहका बारेमा कुराकानी गर्दै आफ्नो अहिलेसम्म विवाह हुन नसक्नुको रहस्य खोलेका छन्।

उनका अनुसार आजसम्म विवाहका लागि कुनै युवतीले प्रस्ताव नै राखेका छैनन्। यो खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।

दैनिक भाष्करका अनुसार फिल्म भारतमा कट्रिनासँग स्क्रियन सेयर गरेका सलमानलाई सो फिल्मभित्र नायिका कट्रिनाले विवाहको प्रस्ताव राखेकी छन्।

यसै प्रसंगलाई आधार मान्दै तपाईँलाई वास्तविक जीवनमा पनि कुनै युवतीले विवाहको प्रस्ताव राखेकी छन् भनेर सोधिएको प्रश्नमा सलमानले आफ्नो विवाह नहुनाका कारण खोलेका हुन्।

उनले भनेका छन्–‘मलाई वास्तविक जीवनमा कुनै पनि युवतीले विवाहको प्रस्ताव राखेनन्।

समाचारअनुसार सलमानलाई कुनै पनि युवतीले विवाहको प्रस्ताव नराखेकामा भने दुःख लागेको छ।