सिक्किमका मुख्यमन्त्री गोले चर्चामा - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

सिक्किमका मुख्यमन्त्री गोले चर्चामा



हिमालपोस्ट, काठमाडौँ

सत्तामा पुगेपछि एसोआराम खोज्नु र विलासी गाडीहरूमा रातो बत्ती बालेर साइरन बचाउँदै हिँड्नु आम दक्षिण एसियाली नेतृत्व वर्गको विशेषता हो। सत्ता प्राप्त गरेपछि उनीहरू नागरिकबाट माथि उठेर शासक बन्छन् र बाँकी नागरिकको चासो उनीहरूको चासो रहँदैन। नेपालमा त अझ मन्त्रीदेखि राष्ट्रपतिसम्मका कारकेडले आम जनताले पाउनुसम्मको सास्ती पाएका छन्।

यसैबीच सिक्किमका नवनिर्वाचित मुख्यमन्त्रीले पीएस गोलेले केही जनप्रिय घोषणाहरू गरेका छन्।

  • सिक्किममा अबदेखि शनिबार सरकारी विदा हुने
  • मुख्य मन्त्री लगायत् सबै मन्त्रीहरूले महिन्द्रा स्कार्पियो गाडी चढ्ने
  • गाडीमा रातो बत्ती नराख्‍ने/नबाल्ने
  • पाइलट एस्कर्टिङमा नहिँड्ने

यीबाहेक हरेक कुरामा मितव्ययिता अपनाएर प्रशासनिक र अन्य खर्च जोगाई सिक्किमेली जनताहरूका लागि नयाँ योजनाहरू अघि ल्याउने घोषणा पनि उनले गरेका छन्। गोलेको यस्तो घोषणाको देशविदेशमा स्वागत गरिएको छ।

२५ वर्ष लामो शासनभार सम्हालेका पवन चाम्लिङ पनि निकै लोकप्रिय मुख्यमन्त्री थिए। तर पछिल्लो समयमा यिनले जनताका मुद्दाहरूको सम्बोधन प्रभावकारी रूपमा गर्न सकेनन् र सत्ताच्यूत भए।