मोदीले सबै छिमेकीलाई बोलाए, इमरानलाई बोलाएनन् - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

मोदीले सबै छिमेकीलाई बोलाए, इमरानलाई बोलाएनन्



हिमालपोस्ट, काठमाडौँ 

आउँदो मे ३० मा मोदीले भारतको नयाँ प्रधानमन्त्रीका रूपमा सपथ लिँदैछन्। उनको सपथग्रहण समारोहमा बिम्स्टेक राष्ट्र प्रमुखहरूलाई निमन्त्रणा गरिएको छ भने, पाकिस्तानका इमरानका खानलाई भने बोलाइएको छैन।

यसले भारतले पाकिस्तानप्रति राख्‍ने दृष्टिकोण छर्लङ्ग्याएको छ भने, सपथ नहुँदै नयाँ भारतीय विदेश नीतिप्रति टीकाटिप्पणी हुन थालेका छन्।

यहाँ स्मरणयोग्य कुरा के छ भने मोदीको विजय लगत्तै इमरान खानले फोन गरेर मोदीलाई हार्दिक बधाई दिएका थिए सँगै अगाडि बढ्ने मौखिक सहमति भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका थिए।