के सनी देवलले फिल्मबाट सन्यास लिएका हुन् ? - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

के सनी देवलले फिल्मबाट सन्यास लिएका हुन् ?



भारतीय जनता पार्टीबाट लोकसभाको चुनाव जितेपछि बलिउड अभिनेता सनी देवल केही समय फिल्ममा नआउने भएका छन्।

देवलले शुक्रबार पन्जाबको गुरदासपुर क्षेत्रबाट लोकसभा सदस्यमा अत्यधिक मत ल्याएर चुनाव जितेका थिए।चुनाव जितेपछि उनी आइतबार मुम्बई पुगेका छन्।

मुम्बईस्थित आफ्नो घर फर्कने क्रममा अभिनेता एवं सांसद देवलले अब आफू केही समय राजनीतिमै व्यसक्त रहने बताएका हुन्। तर फिल्मबाट सन्यास लिएको बारे उनले केहि बताएका छैनन् । उनि समयपछी भएन फर्कन सक्नेछन ।