निर्मला काण्डबारे प्रधानमन्त्री ओलीले गरे नयाँ खुलासा - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

निर्मला काण्डबारे प्रधानमन्त्री ओलीले गरे नयाँ खुलासा



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको उल्टाखामकी १३ वर्षीया निर्मला पन्त प्रकरणबारे सरकारलाई छानबिन गर्नै नदिइएको बताएका छन् ।उनले निर्मला काण्डबारे बोल्दै यस्तो खुलासा गरेका हुन् ।

राष्ट्रिय मानवअधिकार आयोगको १९ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले निर्मला प्रकरणमा सरकारी निकायलाई छानबिन गर्नै नदिइएको बताएका हुन्। सम्बोधनका क्रममा छानबिन गर्न नदिने को हो भन्ने उनले खुलाएनन्।

‘निर्मला प्रकरण सबैलाई थाहा छ, एक त प्रहरीले कमी कमजोरी गर्‍यो। प्रहरीलाई कमजोर बनाइयो पनि। छानिबन गर्न कहाँ दिइयो?,’ उनले भने। ओलीले सरकारको नियत सही ढंगले छानबिन गर्ने भए पनि त्यसो गर्न नदिइएको बताए। ‘ठीक ढंगले छानबिन गर्न खोज्दा स्वत्नत्ररूपमा कामै गर्न दिइएन’, उनले थपे, ‘नेपाललाई कलंकित गर्ने इच्छा सरकारमा थिएन। फेरि पनि म भन्छु कारबाही गरिन्छ।

राजनीति गर्न खोजियो त्यो ठीक होइन।‘ प्रधानमन्त्रीले यस्ता घटनाको छानबिन गर्नु र निकास निकाल्नु सबै नेपालीको दायित्व भएको बताए। उनले सरकार एक्लैलाई यस्ता घटनाको छानबिन मुस्किल भएको बताए।