प्रधानमन्त्री ओली भन्छन - हेर्नै लाज लाग्छ - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

प्रधानमन्त्री ओली भन्छन – हेर्नै लाज लाग्छ



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारको, लोकतन्त्रको सबैभन्दा अभाव पहिल्यै आफूले भोगेको बताएका छन्।

मानवअधिकार दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले जहिले पनि मानवअधिकारको हनन सधैं बलियाबाट हुने गरेको बताए। ‘हामी लोकतन्त्रमा कुनै देशभन्दा कम छैनौं’, उनले भने।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल असभ्य बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे। ‘सामाजिक सन्जाल हेर्दा हेर्नै नसक्ने, पढ्नै नसक्ने, लाज लाग्ने खालका सामग्री हुन्छन्। कुनैको व्यक्तिको हुर्मत लिइएको, चिरहरण गरिएको सामाजिक सन्जालमा देखिएको छ’, उनले भने। उनले सामाजिक सञ्जाल असभ्य बनेर हेर्ने लाज लाग्ने भएको पनि बताए ।