लियो क्लब अफ नेपालगन्ज खजुराको अध्यक्षमा खड्का - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

लियो क्लब अफ नेपालगन्ज खजुराको अध्यक्षमा खड्का



लियो क्लब अफ नेपालगन्ज खजुराको नयाँ नेतृत्व चयन भएको छ । एन्जल खड्काको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

लियो क्लब अफ नेपालगञ्ज खजुराको शनिबार सम्पन्न भएको चौथो साधारण सभाबाट लियो बर्ष २०१९/२० का लागि अध्यक्षमा खड्का निर्बिरोध निर्बाचित भएकी हुन् । त्यस्तै सचिबमा अरुणा गुरुङ, कोषाध्यक्षमा रबिना खड्का निर्बाचित भएका छन् भने प्रथम उपाध्यक्षमा मोहित बर्नवाल, दृतिय उपाध्यक्षमा समृद्धि बिश्वकर्मा र तृतीय उपाध्यक्षमा कमला परियार निर्वाचित भएका हुन् ।

नव निर्वाचित अध्यक्ष खड्काले सामाजिक कार्यमा सधै आफू र आफ्नो क्लब लागि पर्ने बताइन् । उनले भनिन , ‘पद ठूलो हैन , मानिसको असल पहिचान कामबाट हुने छ ,आगामी दिनमा पनि मेरो तर्फबाट मैले गर्न सक्ने भौतिक, आर्थिक तथा सामाजिक सहयोग गर्न सदैब तम तयार अबस्थामा रहने छु ।” खड्काले अब बिशेषगरी स्कुल, कलेजहरुमा गएर विद्यार्थीहरुलाई सामाजिक कार्यमा लाग्न उत्प्रेरणा जगाउने आफ्नो पहिलो प्राथमिकता रहेको हिमाल पोस्टलाई बताएकी छिन् ।