पौडेलले भने - कम्युनिष्टलाई सत्ता, बाँदरको हातमा नरिवल - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

पौडेलले भने – कम्युनिष्टलाई सत्ता, बाँदरको हातमा नरिवल



काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनलाई कम्युनिस्ट सरकारले आत्मसात गर्न नसकेको आरोप लगाएका छन्। जागरण अभियानका क्रममा बझाङ पुगेका पौडेलले परिवर्तनलाई यो कम्युनिष्ट सत्ताले बाँदरको हातमा नरिवल बनाएको आरोप लगाएका हुन्।

नेपाली कांग्रेस बझाङको कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘यहाँ कम्युनिष्टले गरेको हिंसा र आंतक हाम्रो मानसपटलमा अझै ताजै छ। नेपालमा यति ठूलो परिवर्तन आयो। ७० वर्षपछि हामीले नयाँ व्यवस्था पाएका छौं। तर यो परिवर्तनलाई यो कम्युनिष्ट सत्ताले बाँदरको हातमा नरिवल बनाएको छ।’

नेत्र विक्रम चन्द विप्लवसँग सकारले वार्ताको पहल नगरेको तर्फ इंगित गर्दै पौडेलले देश झन् खराब अवस्था तर्फ लागेको भन्दै चिन्ता व्यक्त गरे। भने, ‘यो सरकारको सुरुवात नै खराब भयो। देश झन खराब तर्फ जान लागेको छ। सर्पको खुट्टा सर्पले देख्छ भनेको थिए मैले, बालुवाटार बैठकमा। उहाँहरुले नसुनेका कारण यो स्थिति आएको हो। आज यो स्थितिमा पुर्‍याउनुमा सरकार जिम्मेवार नभएर हो।’

पौडेलले यो खेलाँची गरेर बस्ने समय नभएको उल्लेख गर्दै भने, ‘यो सरकारले खेलाँची गरेर बस्ने बेला होइन।’

विप्लवलाई वार्तामा आउन आग्रह गर्दै पौडेलले देशको हितमा लाग्नसमेत सुझाए। भने, ‘विप्लवलाई पनि म भन्न चाहान्छु। यदि उहाँले साच्चै कही देशको हित चाहनु भएको हो भने वार्तामा आउन आग्रह गर्दछु।’

दुनियाँ कम्युनिष्ट तानाशाहबाट मुक्त भएको बेलामा नेपालमा मुन्टो उठाउनु नेपालमा लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको दाबी गर्दै पौडेलले त्यहीलाई रोक्न कांग्रेसले जागरण अभियान चलाएको तर्क गरे।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले सांसदलाई केन्द्रबाट सीधै पैसा दिनु संविधान विपरित भएको बताए।