चुनाव लड्ने हिम्मत नभएर बम पड्काएको प्रधानमन्त्रीको आरोप - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

चुनाव लड्ने हिम्मत नभएर बम पड्काएको प्रधानमन्त्रीको आरोप



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारद्धारा प्रतिबन्धित पार्टी विप्लव नेतृत्वको नेकपालाई चुनाबमा लडन आउन आग्रह गरेका छन् । उनले चुनाव लड्ने हिम्मत नभएर विप्लव समुहाए बम पड्काउँदै हिडेको आरोप समेत लगाएका छन्

लोकतन्त्रमा निर्वाचनद्धारा सरकार बन्ने र लोकतान्त्रिक विधी अनुसार सरकार सञ्चालन हुने भन्दै विप्लव समुह चुनाब हार्ने डरले चुनाबमा सहभागी नभएको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगको १९ औ वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले जनताले नरुचाउने भएकाले विप्लव समुह चुनाववाट भागेको बताउदै भने ‘उहाँहरुलाई चुनाबमा भाग लिएर जितिन्छ भन्ने छैन त्यहि कारण भागिरहनु भएको छ ।’

निर्दोश जनता मार्ने, आतंकित पार्ने लुटमारका कामलाई क्रान्तीको नाम दिने कार्य लोकतान्त्रि नहुने भन्दै प्रधानमन्त्री ओलीले भने ‘निर्दोश मान्छे मार्ने बाह्य लगाउनी आउन नदिने जस्ता कार्य लोकतान्त्रिक गतिविधी अन्तरगत पर्दैनन् ।’