कुनैपनि हालतमा विधेयक फिर्ता हुँदैन - प्रचण्ड - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

कुनैपनि हालतमा विधेयक फिर्ता हुँदैन – प्रचण्ड



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसद्‍मा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक फिर्ता नलिए संसद बैठकनै चल्न नदिने चेतावनी दिइरहेका बेला अध्यक्ष दाहालले सो विधेयक संसदबाट फिर्ता नहुने स्पस्ट पारेका हुन् ।

उनले संसदमा पेश गरिएका सबै विधेयक संसदीय प्रक्रियाबाट पारित हुने र त्यसमा आवश्यक परिमार्जन भने गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे ।

कृष्णसेन स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कुनै पनि विधेयकको छलफल गर्ने थलो संसद भएको र त्यहीँ विस्तृत छलफल भएपछि पारित हुने पनि स्मरण गराए ।