गृहमन्त्री भन्छन् - विप्लवले जनसरकार र ४ कम्पनी जनसेना निर्माण गरेका छन् - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

गृहमन्त्री भन्छन् – विप्लवले जनसरकार र ४ कम्पनी जनसेना निर्माण गरेका छन्



काठमाडौँ :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जनसरकार र जनसेना निर्माण गरेको खुलासा गरेका छन्।  काठमाडौँमा आइतबार भएका बम विस्फोटका घटनाबारे प्रतिनिधिसभामा जानकारी दिने क्रममा उनले यस्तो बताएका हुन् ।

जरुरी सार्वजनिक महत्त्वको विषयमा बोल्दै मन्त्री थापाले विप्लव भन्‍ने समूहले संविधान र शान्ति विरोधी गतिविधि गर्दै आएका बताए। ‘विप्लवले जनसरकार गठन गरिसकेका छन्। जनसेनाका ४ कम्पनी खडा गरेका छन्’, गृहमन्त्री थापाले भने।

गृहमन्त्री थापाले देशव्यापी भ्रष्टाचारको विरोधमा भन्दै एनसेल टावर र विभिन्‍न ठाउँमा विप्लवले ध्वंश मच्चाएको उनले बताए। ‘उनीहरूको मूल निशाना उपत्यका बनेको छ। हिजो पनि उपत्यकामा ठाउँठाउँमा विस्फोट भए’, उनले भने, ‘हिजो मात्रै जनाको मृत्यु भयो, दर्जनौँ घाइते भएका छन्।  काठमाडौँमा आइतवार भएका घटनामा ज्यान गुमाएकाहरूको नागरिकता नभएकाले उनीहरू विप्लव समूहका नै भएको दाबी थापाले गरे। घाइतेहरू पनि विप्लव समूहकै रहेका उनले बताए।