सरकारले विप्लव समूहका नेतालाई पनि विभूषण प्रदान गर्ने - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

सरकारले विप्लव समूहका नेतालाई पनि विभूषण प्रदान गर्ने



काठमाडौं । सरकारले विप्लव समूहका नेताहरू पनि विभूषण प्रदान गर्ने भएको छ । सरकार आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई सम्मानित गर्ने भएको हो ।

गणतन्त्र दिवसको अवसर पारेर १६ जेठमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहितका नेताहरूलाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो ।

पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा कालीकोट-१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

विप्लव समूहकै अर्का नेता सन्तोषकुमार बुढा मगरले पनि संविधानसभा पदक पाउने भएका छन् । उनले २०६४ सालमा रोल्पा-२ बाट चुनाव जितेका थिए ।

यस्तै, विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई पनि सरकारले गणतन्त्र दिवसको अवसरमा सम्मानित गर्ने भएको छ । उनी पहिलो संविधानसभामा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद बनेकी थिइन् ।

भुजेललाई २०७५ भदौमा बालाजुबाट प्रहरीले पक्राउ गरेको छ । त्यतिबेला विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाइसकेको थिएन । भुजेललाई आगजनी सम्बन्धी मुद्दामा अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो ।