बन्दको अवज्ञा गरेको भन्दै गाडी जलाइयो, हेटौडामा बम भेटियो - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

बन्दको अवज्ञा गरेको भन्दै गाडी जलाइयो, हेटौडामा बम भेटियो



मकवानपुर – विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सोमबार बिहान हेटौँडाको चौकीटोलमा एउटा गाडीमा आगजनी गरेका छन् ।

त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको चौकी टोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगजनीका कारण गाडी पूर्णरुपमा जलेको छ ।

यस्तै आज बिहान हेटौँडाको बुद्धचोक नजिक प्रेसर कुकर बम फेला परेको थियो । बम राखेको थाहा पाउनासाथ प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको प्रहरीले जानेको छ । विप्लव नेतृत्वले गरेको बन्दका कारण हेटौँडा बजार सुनसान बनेको छ । फाइल तस्बिर