राजधानीको दुई ठाउँमा विस्फोट, तीन जनाको मृत्यु - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

राजधानीको दुई ठाउँमा विस्फोट, तीन जनाको मृत्यु



काठमाडौँ : राजधानीका दुई स्थानमा आइतबार दिउँसो ‘बम’ विस्फोट भएको छ । सो बम सिलिन्डर बम भएको जनाइएको छ।  आइतबार दिउँसो एकै समयमा सुकेधारा र अनामनगरको घट्टेकुलोमा भएको बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको हो।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार सुकेधाराका विस्फोटमा एकजनाको घटनास्थल र एकजनाको उपचारका क्रममा ज्यान गएको छ।

अनामनगरको विस्फोटस्थलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएको डीएसपी होविन्द्र बोगटीले जनाएका छन्।  ‘भोलिको बन्द सफल पारौँ’ भन्ने सन्देशसहितको पर्चा भेटिएको छ’, बोगटीले थप अनुसन्धान भैरहेको बताए।  सुकेधाराको विस्फोटमा पाँच जना घाइते भएका थिए।

भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको भन्दै विप्लव समूहले बन्द विज्ञप्ति जारी गरी जेठ १३ गते बन्दको आह्वान गरेको छ।