गोकुल बास्कोटाले शम्भु थापालाई हुलिया देखाएपछी... - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

गोकुल बास्कोटाले शम्भु थापालाई हुलिया देखाएपछी…



काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एक सार्वजनिक कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले दिएका अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

केही दिनअघि सञ्चारमन्त्रीको हुलियाको थाहा भएको भन्दै देखिएका अभिव्यक्तिप्रति अधिवक्ता थापालाई इंगित गर्दै मन्त्री बाँस्कोटाले भने, ‘हुलिया हाजिर छ हजुर’ ।

शनिबार काभ्रेको बनेपामा डाँडापारी सन्देश साप्ताहिकको बार्षिकोत्सवमा बोल्दै मन्त्री बाँस्कोटाले ‘मेरो हुलिया खोजिरहनु भा छ, हुलिया हाजिर छ हजुर, गरिब जनताको समृद्धिका निम्ति, सर्वहारा, भुमिहिनका निम्ती यो ज्यानको हुलिया’ भन्दै हुलिया सार्वजनिक गरे । ‘काभ्रेली जनताले मलाई बनाइ दिएको हुलिया गरिब जनताको समृद्धिका लागि हो’ मन्त्री बाँस्कोटाले आक्रोस पोखे ।

अधिवक्ता थापालाई हुलिया मात्रै देखाएनन्, उनले कांग्रेस नेता रामहरी खतिवडालाई पनि छाडेनन् ‘कुनै चिजको चोरी डकैती, भष्ट्रचार, गर्नु भन्दा, चौकिदार नै ठिक छ हजुर ।’ मन्त्री बाँस्कोटाले थपे ‘हामी लोकतन्त्रका निम्ती लडेका हौं । अहिले यस्तो कोकोहोलो मच्चाइएको छ ,जब श्रमिक वर्गको कुरा उठ्छ । तब कम्युन्ष्ट सरकार, दुइ तिहाइको दम्भ भनेर औँला ठड्याउने काम हुन्छ ।’

उनले सरकारको बदनाम गराउने उदेश्यले स्याल हुइया मच्याउने काम भैरहेको छ । मन्त्री बाँस्कोटाले आफ्नो हुलिया खोज्नेहरुले न्यूनतम पारिश्रमिक कायम गरौँ भन्दा, हुँदैन भनेर वकालत, वहस गर्ने सम्मानित महोदयहरु र उहाँहरु कुन मानवअधिकारको कुरा गर्नु हुन्छ ?

समृद्धिका लागि जनताका लागि श्रमिक वर्गका हितमा लागि परिरहन्छौं कम्यिुष्टको दम्भ भनेपनि दुई तिहाइको दम्भ भनेपनि सरकारले आफ्नो तरिकाले काम गरेर देखाउने बताए । ‘केपी ओलीको हुलिया खोज्नुस् की गोकुल बास्कोटाको खोज्नुस् कि प्रचण्डको खोज्नुस्, जसको खोजेपनि हामीले जनतामा कमिटमेन्ट गरेर आएका छौं, ति कमिटमेन्ट पुरा गर्ने छौं’, उनले भने ‘जसरी ट्रम्पले पनि त पर्खाल लगाउँछु भनेर चुनाव जितेका हुन नि, हामीलाइ बाटो बनाउँनु छ, उनलाइ पर्खाल लगाउनु छ ।’

ठुला मिडिया र साना मिडिया सँगसँगै बाच्न पाउँनु पर्ने भएकाले समानुपातिक विज्ञापन प्रणालीका लागि आफुले कदम उठाएको स्पष्ट पारे । उनले समाचार लेखेकै कारण पत्रकारलाई अफ्ठारो नपर्ने बताए ।