फेरि स्वीट्जरल्याण्ड जाँदै प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

फेरि स्वीट्जरल्याण्ड जाँदै प्रधानमन्त्री ओली



काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली आगामी जुन ९ अर्थात जेठ २६ गते स्वीट्जरल्याण्डको भ्रमणमा निस्कने भएका छन्।

सम्बन्ध विस्तार र नेपालका विकास प्राथमिकताबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउने उद्देश्य सहित प्रधानमन्त्री ओली विदेश भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको भ्रमणपछि फ्रान्स र बेलायतको भ्रमणमा पनि निस्कने योजना बनाएको परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले फ्रान्स भ्रमणका बेला भिजा लगायत छपाइको लागि भित्राउने ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’का लागि फ्रान्ससँग सम्झौत गर्ने बुझिएको छ ।

उनी जुन १५ अर्थात जेठ ३२ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयका एक अधिकारीले बताए। उनको यो विदेश भ्रमणबारे औपचारिक जानकारी भने गराइएको छैन।

प्रधानमन्त्री ओली गत माघमा स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४१ औँ बैठकमा सामेल भाग लिन पुगेका थिए।