सिराहामा बस र ट्रक ठोक्किए - दुईको मृत्यु, २५ घाइते - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सिराहामा बस र ट्रक ठोक्किए – दुईको मृत्यु, २५ घाइते



सिरहा : पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चाेकमा  गयराती बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। भने २५ जना घाइते भएका छन्।

ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाण्डौं जादैँ गर्दा पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए। उनकाअनुसार दुर्घटनामा दुईको जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये ८/१० जना गम्भीर रहेका छन्।

मृत्यकको पहिचान खुल्न सकेको छैन्। एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको डीएसपी खनालले बताए। सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ। फाइल तस्बिर