घोडाघोडीमा अवैध सालको गोलिया बरामद - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

घोडाघोडीमा अवैध सालको गोलिया बरामद



विशाल पाण्डेय/कैलाली
कैलालीमा अबैध सालको गोलिया बरामद गरीएको छ । घोडाघोडी नगरपालिका- ८ कलजुगिबाट अटो रिक्सा सहित बेवारीसे अवस्थामा रहेको १ थान सालको गोलिया बरामद गरिएको हो ।

सुचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी सहायक निरीक्षक प्रदिप पोखरेलको नेतृत्वमा गएको टोलिले गए राति करीब २ बजेतिर बिग्रीएको अवस्थामा रहेको निलो रंगको अटो रिक्सा सहित सालको गोलिया बरामत गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशिले जानकारी दिए ।

अटो रिक्सा सहित बरामत गरीएको सालको गोलिया सब डिभिजन बन कार्यालय सुखडमा बुझाइएको छ । अनटेस्ट अटो भएकाले कस्को हो भन्ने बारे छानबिन भइरहेको सब डिभिजन बन कार्यालय सुखडका फरिस्टार सुस्मा केसीले जानकारी दिइन । बरामद सालको गोलिया २१.४३ क्युफिट रहेको छ ।