बिजेपीले जित्ने निश्चत भएपछी यस्तो तयारी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

बिजेपीले जित्ने निश्चत भएपछी यस्तो तयारी



काठमाडौं – लोकसभा चुनावको परिणाम आउनुअघि नै भारतीय जनता पार्टीले जीतको उत्सव मनाउन थालिसकेको छ ।

दिल्ली भाजपाले सात किलोको लड्डु केक अर्डर गरेको छ । परिणाम घोषणा भएपछि यो केक काटिनेछ ।

यसबाहेक पनि पाँच किलोका ९ केक भाजपा केन्द्रीय कार्यालयमा काट्नका लागि अर्डर गरिएको छ । यो तयारीबाट भाजपा चुनावमा जीत हुने कुरामा ढुक्क रहेको देखाउँछ ।

दिल्लीमा लोकसभाका सात सीट छन् र अघिल्लो चुनावमा भाजपाले सबैमा जीत हासिल गरेको थियो । यसपालि चाहिँ दिल्लीमा त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ किनकि भाजपा र कांग्रेस बाहेक सत्तारूढ आम आदमी पार्टीले पनि चुनावमा निकै जोड दिएको छ ।

एजेन्सी