प्रचण्डको प्रेस संयोजक बताउँदै ठगी गर्ने पक्राउ - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

प्रचण्डको प्रेस संयोजक बताउँदै ठगी गर्ने पक्राउ



आफूलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजक बताउँदै हिंड्ने रामेछापका पूर्ण कार्की ठगी आरोपमा पक्राउ परेका छन् ।

कार्की हाल महानगरीय प्रहरी वृत्त गौशालाको थुनामा छन् । पीडितहरुको उजुरीका आधारमा कार्कीलाई पक्राउ गरिएको गौशाला वृत्तका डिएसपी सुनील मल्लले जानकारी दिए । मल्लका अनुसार कार्कीले २० लाख ठगी गरेको खुलेको छ । उनलाई बैंकिङ कसुरमा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

कार्की प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रकाश दाहालका सहयोगीका रुपमा काम गर्थे । तर, प्रकाशले कार्कीले ‘चलखेल’ गर्ने गरेको थाहा पाएपछि उतिबेलै हटाएका थिए । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा नायब सुब्बा तहको नियुक्ति पाएका कार्कीले आफू प्रचण्डको प्रेस हेर्ने बताउँने गरेका थिए ।

जबकी अघिल्लोपटक प्रचण्ड प्रधानमन्त्री भएका बेला ओम शर्मा र दोश्रोपटक हाल पत्रकार महासंघका अध्यक्ष रहेका गोविन्द आचार्य प्रेस सल्लाहकार थिए ।