प्रचण्डको प्रेस संयोजक बताउँदै ठगी गर्ने पक्राउ - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

प्रचण्डको प्रेस संयोजक बताउँदै ठगी गर्ने पक्राउ



आफूलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजक बताउँदै हिंड्ने रामेछापका पूर्ण कार्की ठगी आरोपमा पक्राउ परेका छन् ।

कार्की हाल महानगरीय प्रहरी वृत्त गौशालाको थुनामा छन् । पीडितहरुको उजुरीका आधारमा कार्कीलाई पक्राउ गरिएको गौशाला वृत्तका डिएसपी सुनील मल्लले जानकारी दिए । मल्लका अनुसार कार्कीले २० लाख ठगी गरेको खुलेको छ । उनलाई बैंकिङ कसुरमा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

कार्की प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रकाश दाहालका सहयोगीका रुपमा काम गर्थे । तर, प्रकाशले कार्कीले ‘चलखेल’ गर्ने गरेको थाहा पाएपछि उतिबेलै हटाएका थिए । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा नायब सुब्बा तहको नियुक्ति पाएका कार्कीले आफू प्रचण्डको प्रेस हेर्ने बताउँने गरेका थिए ।

जबकी अघिल्लोपटक प्रचण्ड प्रधानमन्त्री भएका बेला ओम शर्मा र दोश्रोपटक हाल पत्रकार महासंघका अध्यक्ष रहेका गोविन्द आचार्य प्रेस सल्लाहकार थिए ।